back
Naima

यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ (पूर्णपाठसहित)

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा भित्रने रेमिट्यान्स ९.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको कार्तिक महिनासम्म ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवको सोहि अवधिमा ४ खर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत आवको सोहि अवधिमा रेमिट्यान्स २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

केन्द्रीय बैंकले २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको उल्लृेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.६ प्रतिशतले, विकास बैंकहरुको २.० प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।

यस्तै, २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु)को सुरक्षणमा १३.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६.० प्रतिशत रहेको छ । २०८० कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले घटेको केन्द्रीय बैंकले बताएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १९.६ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा २२.१ प्रतिशतले, हायर पर्चेज कर्जा २.१ प्रतिशतले, नगद प्रवाह कर्जा ०.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.७ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६.६ प्रतिशतले घटेको छ ।

पूर्णपाठ:

 



Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

वि.सं.२०८३ साउन ११ सोमवार १४:४९

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले...

गाउँदेखि अन्तर्राष्ट्रिय आतिथ्य नेतृत्व हुँदै नेपालको होटल उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा 

गाउँदेखि अन्तर्राष्ट्रिय आतिथ्य नेतृत्व हुँदै नेपालको होटल उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा 

वि.सं.२०८३ साउन ११ सोमवार ०९:२०

दाङ । तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली...

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

वि.सं.२०८३ साउन १० आइतवार १२:२१

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले...

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

वि.सं.२०८३ असार २४ बुधवार १७:५०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा...