back
Naima

कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री ओली

सरकारले सुशानमा कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशानमा कुनै सम्झौता नगर्ने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको भन्दै आगामी निर्वाचनसम्म र त्यसपछि पनि राजनीतिक स्थिरताको यो शिलशीला कायम नै रहने दाबी गरे ।

उनले भने,‘आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरुको पनि सहयोग चाहिन्छ । देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशीला कायम रहन्छ । त्यसकारण तपाईहरु ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।’

उनले कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्न नहुने बताए । बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने र हरेक क्षेत्रमा सम्भवना छ भनेर कन्भिन्स गर्न सक्नुपर्ने उनको धारणा छ ।

‘कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन । मानिसकलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईँहरुले कन्भिन्स गर्न सक्नुहुन्छ ।’

प्रधानमन्त्री सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरुप्रति चेम्बरजस्ता संस्थाहरुले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताए । चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...