back
Naima

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा

काठमाडौँ। ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५  का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औं स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए। उनकाअनुसार यस पटक पनि मुलुकका  पाँच सय क्लब सहभागी  थिए।

‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय  हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओड  छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’

सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ। विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले  रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।

मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए। कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ । ४४ औं स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रस्ट पारे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

वि.सं.२०८३ साउन २७ बुधवार १९:३३

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी सेवा प्रदायक...

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

वि.सं.२०८३ साउन २७ बुधवार १८:५४

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा...

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

वि.सं.२०८३ साउन २७ बुधवार ११:३४

काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...