back
himalayan life

२४४ वर्ष पुरानो मठा फल्चा पुनःनिर्माणको लागि शिलान्यास

काठमाडौं । २४४ वर्ष पुरानो मठा फल्चा पुनःनिर्माणको लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिका वडा – ८ ग्वल क्षेत्रमा रहेको ऐतिहासिक फल्चाको पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा – ८ का वडाअध्यक्ष आशामान संगतले शिलान्यास गरेका हुन् ।

शिलान्यास पछि बोल्दै उनले, २४४ वर्ष पुरानो प्रचलित नाम मठा फल्चाको पुनःनिर्माणको लागि आज शिलान्यास गरिएको बताए । उनले, १९९० सालको भुकम्पबाट क्षतिग्रस्त स्थानको स्थानीयहरूले संरक्षण गर्दै आईरहेको र जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि अनुचित समयानुकूल शिलान्यास गरिएको बताए ।

‘मठा फल्चाको पुरान नाम नरहेको र ऐतिहासिक फल्चा जीर्ण अवस्थामा रहेकाले कामपा – ८ ले विधिवत् रूपमा अगाडि बढाउन लागेको र यसको शिलापत्रमात्र भेटिएको छ । यसलाई अब काठमाडौँ महानगरपालिका वडा ८ ले एक तल्लाको परम्परागत शैलीमा पुनः निर्माण गर्न लागेको हो।’

करिब २० लाख हाराहारी बजेटमा पुनः निर्माण हुन लागेको फल्चामा चुनासुर्कि, काठ, दाचिँ ईट्टा र माओपाको प्रयोग हुने वडाअध्यक्ष संगतले बताए । उनले, यो फल्चा अगाडि एउटा मठ रहेको र त्यहाँ विभिन्न पुजाहरू हुने र बाटोमा रहेको ढुंगा जसलाई भैरवका रूपमा पुजा गर्ने परम्परा रहेको र फल्चामा आगन्तुकहरूले विश्राम गर्ने स्थल रहेको बताए ।

कामपा – ८ मा विभिन्न फल्चा, इनार कुवाँ डवली लगायतका ऐतिहासिक समपदाहरूको पुनःनिर्माण हुदैछ । कार्यक्रममा स्थानीय सहित वडासदस्यहरूको उपस्थिति रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...