back

मधेश सरकारले एक करोडभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने

जनकपुर । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ । जनकपुरधाममा पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

बैठकको निर्णय अनुसार, अबदेखि आयोजना तथा कार्यक्रमको न्यूनतम सीमा एक करोड रुपैयाँ तोकिएको छ । एक करोडभन्दा कम लागतका कुनै पनि योजना वा कार्यक्रम वार्षिक कार्ययोजनामा नसमेटिने स्पष्ट गरिएको छ ।

मधेश प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रोजेक्ट बैंक’ मा सबै योजनाहरू प्रविष्ट गरेपछि मात्र तिनलाई ‘पीएलएमबीआइएस’ प्रणालीमा समावेश गर्ने निर्णय पनि बैठकमा भएको छ ।
आयोगका उपाध्यक्ष डा.सोहनकुमार साहका अनुसार, जेठ २१ गतेभित्र सबै आयोजनाहरू प्रोजेक्ट बैंक तथा पीएलएमबीआइएसमा दर्ता गरिसक्नुपर्नेछ ।

त्यस्तै, अधुरा तथा अपूरा योजनाको विवरण पनि प्रोजेक्ट बैंकमा समावेश गर्ने र तिनलाई आवश्यकता अनुसार वार्षिक कार्यक्रममा राख्ने बैठकले निर्णय गरेको छ ।
प्रदेश विकास समस्या समाधान समितिको पहिलो बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहसहित, प्रदेशका मन्त्री र प्रदेश मातहत रहेका मन्त्रालयहरुका सचिवको उपस्थिति रहेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:५०

काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका...

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२९

काठमाडौं । खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा...