back
Naima

बैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०८२ बैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १० गते हुनेछ भने ढिलोमा बैशाख २१ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

क्रेडिट रेटिङ विवरण सार्वजनिक, कुन बैंकको रेटिङ कस्तो ?

क्रेडिट रेटिङ विवरण सार्वजनिक, कुन बैंकको रेटिङ कस्तो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:२३

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पछिल्ला पाँच आर्थिक...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...