back

अफर : स्काइवेल चलाएर युरोप घुम्ने मौका

खरिदकर्ता जोडीलाई नै युरोप भ्रमण

काठमाडौ  । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काइवेल ड्राइभ गर्ने ग्राहकहरुलाई स्काइवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ।

‘स्काइवेल ड्राइभ-२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भइ स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन्। स्काइवेल ‘बीई ११’ तथा ‘स्काइवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिनेछ।

स्काइवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो। युरोपेली सुरक्षा मापदण्डअनुसार बनेको स्काइवेल बीई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङसमेत प्राप्त गर्न सफल भइसकेको छ। त्यसैगरी चीनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो।

आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काइवेल नेपालमा उपलब्ध पहिलो र एकमात्र ‘रियल ईभी एसयुभी’ भएको कम्पनीको दाबी छ। काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काइवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काइवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो।

युरोपेली मुलुकहरुमा स्काइवेलले राम्रो सफलता हात पारेको छ। यो दाबी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर एक्सपिरियन्स गराउने उद्देश्यका साथ स्काइवेलको आयातकर्ता जीमोटर्स प्रालिले यो विशेष योजना ल्याएको जनाएको छ।

‘स्काइवेल ड्राइभ-२०२५ नेपाल टु युरोप’ योजनाअन्तर्गत स्काइवेलका जुनसुकै एसयुभी खरिदकर्ताले युरोपमै गएर स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन्। त्यतिमात्र होइन सन् २०२५ मोडलको जुनसुकै भेरियन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन्।

यसका लागि आफूले स्काइवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनैपनि सोसल मिडियामा सेयर गरी ह्यासट्याग टेस्टड्राइभ स्काइवेल, ह्यासट्याग ‘स्काइवेल ड्राइभ नेपाल टु युरोप’ लेखे पुग्छ। यसरी टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकमध्ये २ जना विजेताले (१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राइभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन्।

स्काइवेलको ईटी ५ लङ रेन्ज भेरियन्ट हो जसको बिक्री मूल्य १ करोड १५ लाख रहेको छ भने स्काईलेलको बीई ११-४१० किमी ७९ लाख ९० हजार र बीई ११- ५२० किमी ८९ लाख ९० हजार पर्न जान्छ। स्काइवेलका यी दुवै मोडल फुल साइज एसयुभी हुन्।

१९० एमएम ग्राउण्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यी दुवै एसयुभीमा उपलब्ध लक्जरीका कारण बिजनेस क्लास एसयुभी पनि भनेर चिनिँदै आएको छ। स्काइवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा बिक्री कक्षहरु सञ्चालनमा आइसकेका छन्।


आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:५७

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५९

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी...

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०६

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका...

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

वि.सं.२०८२ वैशाख १० बुधवार १५:५९

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

वि.सं.२०८२ वैशाख ४ बिहीवार १८:१६

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ औपचारिक रूपमा सार्वजनिक, अध्यक्षमा ऋतुसिंह वैद्य

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ औपचारिक रूपमा सार्वजनिक, अध्यक्षमा ऋतुसिंह वैद्य

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०४

काठमाडौँ । नेपालका अटोमोबाइल व्यवसायीको नयाँ सङ्गठन अटोमोबाइल आयातकर्ता तथा...