back
Naima

अफर : स्काइवेल चलाएर युरोप घुम्ने मौका

खरिदकर्ता जोडीलाई नै युरोप भ्रमण

काठमाडौ  । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काइवेल ड्राइभ गर्ने ग्राहकहरुलाई स्काइवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ।

‘स्काइवेल ड्राइभ-२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भइ स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन्। स्काइवेल ‘बीई ११’ तथा ‘स्काइवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिनेछ।

स्काइवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो। युरोपेली सुरक्षा मापदण्डअनुसार बनेको स्काइवेल बीई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङसमेत प्राप्त गर्न सफल भइसकेको छ। त्यसैगरी चीनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो।

आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काइवेल नेपालमा उपलब्ध पहिलो र एकमात्र ‘रियल ईभी एसयुभी’ भएको कम्पनीको दाबी छ। काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काइवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काइवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो।

युरोपेली मुलुकहरुमा स्काइवेलले राम्रो सफलता हात पारेको छ। यो दाबी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर एक्सपिरियन्स गराउने उद्देश्यका साथ स्काइवेलको आयातकर्ता जीमोटर्स प्रालिले यो विशेष योजना ल्याएको जनाएको छ।

‘स्काइवेल ड्राइभ-२०२५ नेपाल टु युरोप’ योजनाअन्तर्गत स्काइवेलका जुनसुकै एसयुभी खरिदकर्ताले युरोपमै गएर स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन्। त्यतिमात्र होइन सन् २०२५ मोडलको जुनसुकै भेरियन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन्।

यसका लागि आफूले स्काइवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनैपनि सोसल मिडियामा सेयर गरी ह्यासट्याग टेस्टड्राइभ स्काइवेल, ह्यासट्याग ‘स्काइवेल ड्राइभ नेपाल टु युरोप’ लेखे पुग्छ। यसरी टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकमध्ये २ जना विजेताले (१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राइभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन्।

स्काइवेलको ईटी ५ लङ रेन्ज भेरियन्ट हो जसको बिक्री मूल्य १ करोड १५ लाख रहेको छ भने स्काईलेलको बीई ११-४१० किमी ७९ लाख ९० हजार र बीई ११- ५२० किमी ८९ लाख ९० हजार पर्न जान्छ। स्काइवेलका यी दुवै मोडल फुल साइज एसयुभी हुन्।

१९० एमएम ग्राउण्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यी दुवै एसयुभीमा उपलब्ध लक्जरीका कारण बिजनेस क्लास एसयुभी पनि भनेर चिनिँदै आएको छ। स्काइवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा बिक्री कक्षहरु सञ्चालनमा आइसकेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...