back

कर्णालीको राजधानीमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव हुन थालेको छ । प्रदेशको राजधानी तोकिएसंगै यहाँको बढ्दो सहरीकरणले जनसंख्या बढ्दै गए पछि खानेपानी अपुग हुन थालेको हो ।

वीरेन्द्रनगर उपत्यकामा झण्डै डेढ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक ३८८ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक भए पनि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको स्रोतमा दैनिक ९० लिटर प्रतिसेकेन्ड मात्र खानेपानी उपलब्ध भएको जनाएको छ ।

खानेपानीको स्रोत सुक्दै जान थालेपछि सुर्खेत उपत्यकमा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गरिने भएको छ । सुख्खा खडेरीका कारण पानीको स्रोत घट्दै गएपछि सुर्खेत उपत्यका खानेपानी संस्थाले तीन दिनको फरकमा पानी वितरण गर्न लागेको जनाएको छ ।

वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, ईत्राम खोलाबाट २७, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रति सेकेन्ड गरी जम्मा १५८ लिटर प्रति सेकेण्ड खानेपानी उपलब्ध हुने गरेको थियो ।

खानेपानीका स्रोतहरूमा ह्रास आएपछि अहिले झुप्रा खोलाबाट ५०, खरीबोरी खोलाबाट २०, ईत्राम खोलाबाट १०, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट ५ लिटर प्रति सेकेण्ड ९० लिटर पानी आपूर्ती भइरहेको संस्थाका ईन्जिनियर बालाराम तिवारीले जानकारी दिए ।

सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा पनि खानेपानी अभाव हुन थालेको सुर्खेत उपत्यका खानेपानी संस्थाका कार्यालय प्रमूख डम्मरबहादुर गौतमले जनाए । उपत्यकामा झुप्रा खोला, खरिखोला, बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुलेबाट खानेपानी उपलब्ध गराउँदै आएको छ ।

गर्मीयाम सुरुभएसंगै वीरेन्द्रनगरमा खानेपानी अभाव अझ बढ्न सक्ने अनुमान गरिएको छ । ‘विगतका बर्षहरुमा खानेपानी ९६ घण्टामा एक पटक उपलब्ध भएको छ’ गौतमले भने, ‘स्रोतमा आउने कमीका आधारमा पनि पानीको आपुर्ती घटबढ हुनसक्छ ।’

उपत्यका खानेपानीको मुख्य स्रोत मानिएको झुप्रा खोलाको मुहनामा नियमित ७६ लिटर प्रतिसेकेण्ड उपलब्ध भएपनि सुख्खायाम उक्त मुहानमा ५० लिटर प्रतिसेकेण्ड पुग्दा उपत्यकामा खानेपानी अभाव बढ्ने गरेको छ ।

पुरानो लाइनका पाइपहरु जिर्ण हुँदै गएपछि हुने खानेपानी चुहावटले पनि उपत्यकाको खानेपानीमा असर गरेको कार्यालय प्रमूख गौतमले बताए । खानेपानी वितरण लाईनका केही स्थानमा पाइपहरु पुराना भई जिर्ण हुँदै गए पानी चुहावट भएको बताइएको छ ।

सुर्खेत उपत्यकामा झण्डै २० वर्षसम्म खानेपानीको समस्या नहुने भनेर २०५६ सालबाट निमार्ण सुरु गरेको सुर्खेत उपत्यका खानेपानी आयोजनाले २०६७ सालबाट पानी वितरण गरेको थियो ।

पानी वितरण सुरु गरेपछि २० वर्ष पानीको समस्या नहुनेमा ढुक्क भएका सुर्खेतबासी तीन वर्ष नपुग्दै आयोजनाले हप्ताविराएर पानी वितरण गर्न थालेपछि पुरानै मुहान बुलवुले र चिसापानीको ढुंङ्गेधारामै निरर्भर हुनुपरेको छ ।

झुप्राको मुहान सुक्दै गएपछि स्थानीय खरीखोला र बोरी खोलाको मुहानलाई मुख्य वितरण लाइनमा राखेर थप नयाँ धारा निर्माण गरी आलोपालो प्रणालीबाट सुर्खेत उपत्यकामा पानी वितरण गरिएको छ ।

सुर्खेत उपत्यका खानेपानी संस्थाले अहिले १५ हजार ७ सय धारा वितरण गरिसकेको छ भने ४ हजार १ सय नयाँ धारा जडानका निवेदन लिएको जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...