back

भूकम्पपछि म्यानमारमा उद्धार र राहत जारी: मृत्यु हुनेको संख्या ६९४ पुग्यो

शुक्रबार देशलाई हल्लाएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारको दोस्रो ठूलो शहर मन्डलेमा उद्धार कार्य जारी छ । भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि उद्धार जारी छ । भूकम्पपछि उद्धार र राहत प्रयासलाई सहयोग गर्न दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट ३७ सदस्यीय उद्धार तथा चिकित्सा टोली शनिबार बिहान म्यानमार गएको छ ।

यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पपछि दक्षिणपूर्वी एसियाली देशहरूमा खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्न आब्हान गरेका छन् ।

म्यानमारको मन्डले क्षेत्रमा शनिबार बिहानसम्म भूकम्पमा परी ६९४ जनाको मृत्यु भएको छ भने १,६७० जना घाइते भएका छन् भने ६८ जना बेपत्ता भएको म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।

भूकम्पको धक्का चीन, थाइल्याण्ड र लाओसमा पनि महसुस गरिएको थियो। न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले भूकम्पबाट प्रभावित मानिसहरूप्रति समवेदना व्यक्त गरे ।

गुटेरेसले शक्तिशाली भूकम्पपछि म्यानमार सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आग्रह गरेको बताए। एजेन्सी

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...