back

कुलमान हटाएको भन्दै संसद्मा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । बुधबार बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सांसद सन्तोष परियारले बताए ।

उनले भने, ‘आज हामी संसदमा रहेका विपक्षी दलहरु प्रमुख प्रतिपक्षीसहित हामी अहिले पछिल्ला गतिविधि, पछिल्ला सरकारका नर्णयहरु र राजनीतिमा भएका घटनाक्रमका विषयमा छलफल भएको छ । मुख्यत : अस्तिको राति भएको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई जुन अलोकातान्त्रिक तरिकाले जसरी दुई तिहाईको दम्भका साथ र मन्त्रीको जोडबलमा गलहत्याउने काम गरियो, विधि विधान बाहिर गएर यस्तो कार्य गरियो, एउटा काबिल देशको सेवा गरिरहेको कर्मचारिलाई शक्ति प्रयोग गरेर पदबाट हटाउने कार्य जुन सरकारले गर्यो त्यसका विरुद्ध हामीले सदनमा सशक्त आवाज उठाउने निर्णय गरेका छौं । साथै आजको सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्ने निर्णय गरेका छौं ।’

साथै बुधबार बसेको प्रतिपक्षी दलहरुको बैठकले पछिल्ला सरकारका नर्णयहरु र राजनीतिमा भएका घटनाक्रमका विषयमा समेत छलफल गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...