back
himalayan life

स्वास्थ्य मन्त्रालयले १४ अस्पतालमा १८ वटा विभिन्न सेवा–सुविधा थप्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रुपमा थालनी गरिएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गदै प्रवक्ता प्रकाश बुढाथोकीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षभरी प्रत्येक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णय गरे बमोजिम फागनु महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सम्पन्न भइसकेको जानकारी दिए ।

उनले भने,‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षभरी प्रत्येक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसै अन्तर्गत, फागुन महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सम्पन्न भइसकेको छ । चैत्र महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रुपमा थालनी गरिएको छ ।’

त्यस्तै उनले चैत्र महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजना अन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने पनि जानकारी दिए । उनले भने,‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चैत्र महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजना अन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने जानकारी गराउन चाहन्छु ।’

वीर आपताल, काठमाडौंमा महानगरपालिकाको सहयोगमा चैतको दोस्रोत सातादेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा चैतको पाँचौ हप्तादेखि Electromyelography र Nerve Conduction Velocity सहितको न्यूरोलोजी सेवामा हुँने, चैतको पाँचौ हप्तादेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा ७२ वटासम्म शव राख्न सक्ने गरी फ्रिजको क्षमता वृद्धि गरिने, चैतको दोश्रो हप्तादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ममृत तथा शिशु स्वास्थ्य सेवा भवन उद्धघाटन गरी OPD सेवा सुरु गरिने लगायत उनले जानकारी गराए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...