back

महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ

पोखरा । पोखरा महानगरको उजुरी फछ्र्यौट शाखामा कार्यरत अधिकारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई बिहीबार घुससहित पक्राउ गरेको हो ।

अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै एक लाख रुपैयाँ रकम मागेकोमा २५ हजार रुपैयाँ लिएको अवस्थामा महानगरको गेट अगाडिबाट गिरीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जानकारी जनाएको छ ।

महानगरका विषयमा अख्तियारमा परेका उजुरी फछ्र्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै पोखरा महानगरपालिकाको वडा नम्बर १ , ३ र ३० हेर्ने अमिनसंग एक लाख रुपैयाँ घुस मागेको अख्तियारको जिकिर छ । आफूविरुद्ध अख्तियारमा उजुरी परेको खबरले अत्तालिएका ती अमिनले आफूसंग त्यति ठुलो रकम नभएको भन्दै गिरीसंग गरेको टेलिफोन वार्ताको रेकर्ड पनि अख्तियारले प्राप्त गरेको बताइएको छ ।

स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिका वडा नम्बर २ मा कार्यरत थिए। त्यहाँ कार्यरत हुँदा उनलाई त्यतिबेला पनि अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गर्न खोजेको थियो । तर त्यति बेला उनको साथबाट घुसरकम फेला नपरे पछि उनी कारबाहीबाट बचेका थिए । पुतलीबजार २ मा रहँदा नै बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएर आएका थिए र उनलाई महानगरले पोखरा १७ मा खटाएको बताइएको छ ।

त्यहाँ पनि बिबादित बनेका उनलाई पोखरा महानगरपालिकाको कार्यालयमा तानिएको थियो । वडा नम्बर १७ मा बिबादित भएर तानेको भए पनि महानगरपालिकाले उनलाई उजुरी फछ्र्यौट शाखामा जिम्मेवारी दिएको बताइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...