एनएमबि बैंकको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा
वि.सं.२०८१ चैत ८ शुक्रवार
काठमाडौं – एनएमबि बैंकको संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता शेयर बिक्रीमा राखिएको छ।
शेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्।
शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिने छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ।
प्रकाशित समय : १०:४५ बजे





















