back

अध्यक्ष प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुर्‍याउन आफूले सम्पर्क गर्न खोजेको भएपनि स्वास्थ्यमा समस्या आएर प्रचण्ड सम्पर्कमा आउन नसकेको बताए ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु । मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्यमा केही सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।’

प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गरे।

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...