back

राजाको पक्षमा मात्रै होइन गणतन्त्रको पक्षमा असंख्य जनता छन् : विप्लव

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन् ।

राजनीतिक अन्तरक्रियाको लागि बेलबारी पुगेका महासचिव (विप्लव) ले नेपाल न्यूज बैंकसँग कुरा गर्दै समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताएका हुन् ।
उनले भने, ‘अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको छ ।

अहिलेको व्यवस्था नै अधुरो छ । पहिलो संविधान बनाउँदा नै विवादहरु भयो । अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरु भएको छैन् । राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो । समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता पनि हो ।’

साथै, उनले राजाको पक्षमा मात्रै जनता नभएर गणतन्त्र र समाजवादको पक्षमा असंख्य जनता रहेको बताए । उनले नेपाली जनताको आवश्यक्ता समाजवाद भएको बताए । उनले भने, ‘राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा त असंख्य जनता छन् । ७२ प्रतिशत जनता समजवादको पक्षमा छन् । अहिलेको नेपालको असन्तुष्टिबाट आफ्नो पराजय भोगेको राजतन्त्रले फेरी बौरिने प्रयत्न गरेको मात्रै हो । नेपाली जनताको आवश्यक्ता समाजवाद हो ।’

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...