back
himalayan life

त्रिचन्द्र क्याम्पसको मुलगेटमै ताला: स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं । क्याम्पसमा तालाबन्दी भएपछि त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । मंगलबार हुने स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएकाले निर्वाचन स्थगित गरिएको हो ।
ने

पाल विद्यार्थी संघबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थीतर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँले तालाबन्दी गरेका हुन् ।
उम्मेदवारीपछि दुई उम्मेदवारहरूले विभिन्न माग राखेर निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । तर, अहिले कलेजको मूल गेटमै ताला लगाएका हुन् ।

उनीहरुले जायज माग पुरा नभएसम्म क्याम्पस प्रमुख र निर्वाचन समितिका पदाधिकारीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको सूचना टाँस गरेका छन् । उनीहरू दुवै जनाले आफ्ना मागहरू बेवास्ता गरेर मनोमानी ढङ्गबाट अगाडि बढेको क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग गरेको उनीहरूको भनाइ छ।

उनीहरूले निर्वाचनका निम्ति तोकिएको निर्वाचन समितिको बैठकमा सम्पूर्ण संघ संगठन तथा उम्मेदवारहरूसँग छलफल गरी गोला प्रथा गराउनुपर्नेमा स्ववियु निर्देशिका विपरीत केहीलाई सहज हुनेगरी एकलौटी ढङ्गबाट निर्णय गरेको उनीहरूको आरोप छ । निर्वाचन समितिले त्रिवि निर्देशिका पालना नगरेकाले तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग छ ।

नेविसंघका अध्यक्षका उम्मेदवार विवेक बानियाँले संगठनको आधिकारिता दिने सन्दर्भमा निर्वाचन समिति एकलौटी भएको बताए । एकलौटी निर्णय गरी सरोकारवाला पक्षलाई पेलेर निर्णय गरेकोप्रति आफ्नो आपत्ति भएको जनाए । उनले भने, ‘आफ्नो मागहरूलाई सम्बोधन नगरी सीमित समूहलाई मात्रै समावेश गरी षड्यन्त्रपूर्वक निर्वाचन प्रक्रिया अघि बढाइयो त्यसैले हामी बाध्य भएर यो सबै गरेका हौं । अब सकरात्मक तरिकाबाट छलफल नभएसम्म यो ताला खुल्दैन । हामी मंगलबार कुनै हालतमा पनि निर्वाचन हुन दिँदैनौं ।’

यसरी तला लगाउँदा अनेरास्ववियुले भने सोमबार आन्दोलन समेत गरेको छ । अनेरास्ववियुले कुनै पनि हालतमा निर्वाचन गर्नुपर्ने माग राख्दै आन्दोलन गरेको हो ।अनेरास्ववियु केन्द्रिय शैक्षिक विभाग प्रमुख स्थायि कमिटी सदस्य तथा अखिलका पूर्व अध्यक्ष गोविन्द थपलियाले तालाबन्दी किन आफैं अन्यौलमा रहेको बताए ।

उनले भने, ‘तालाबन्दी किन नेविसंघले गर्यो यसमा हामी अन्यौंलमा छौं । के कारण हो त्यो केही पनि छैन । निर्वाचन समितिले आफ्नो ऐन नियमावली अनुसार निरन्तर रुपमा प्रक्रिया बढाइरहेको छ । सम्पूर्ण प्रक्रिया जस्तो मतदाता नामावली प्रकाशन, उम्मेदावारी दर्ता, उम्मेदवारीको अन्तिम नामावली प्रकाशन, गोला प्रथाबाट क्रमसंख्या पनि टुंग्याएर मंगलबार बक्समा मत हाल्ने मात्र काम थियो । तर यो बिचमा अनेरास्ववियुले चुनाव कुनै पनि हालतमा गर्नुपर्छ भनेर आन्दोलन गरेका हौं ।’
यसरी प्रवेशद्वारमै विद्यार्थी संगठनले ताल्चा लगाएपछि त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन नहुने भएको छ । नेविसंघले क्याम्पस छिर्ने ढोकामै ताल्चा लगाएपछि मंगलबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो ।

निर्वाचन अधिकृत अंगदमणि गौतमले एक सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएका छन् । ‘सम्पूर्ण तयारी पूरा भएर पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएर प्रतिकूल परिस्थिति सिर्जना भएकाले सबै उम्मेदवार प्रतिनिधिहरूसँगको छलफल र परामर्शमा अर्को मिति तय गर्नेगरी २०८१÷१२÷०५ गतेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ । स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्र क्याम्पसको प्रवेश ढोकामा नै नेविसंघले ताला लगाएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...