क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट: १ लाख ८४ हजारले पाए १० कित्ता शेयर
वि.सं.२०८१ चैत ५ मंगलवार
काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीको आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा मार्फत आईपीओ बाँडफाँट भएको हो। यसअनुसार १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।
प्रकाशित समय : १०:१४ बजे





















