back
Naima

सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान

काठमाडौं । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान शुरू गरेको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनुका साथै बम्पर उपहारका रूपमा आईफोन १६ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ्ग एप प्रयोग गरी कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप तथा ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ।

यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक उपहार तथा बम्पर उपहारका लागि योग्य हुनेछन्। हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रुपैयाँ बराबरको मोबाइल टपअप जित्नेछन् भने अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले आईफोन १६ प्राप्त गर्नेछन्। अभियान चैत्र १ देखि चैत्र ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गतर्फ आकर्षित गर्दै सुरक्षित, सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यसहित यो अभियान ल्याएको हो। बैंकले ग्राहकहरूलाई यस योजनामा सहभागी भई लाभ प्राप्त गर्न आग्रह समेत गरेको छ।

हालै बैंक अफ द ईयर २०२४ उपाधि जित्न सफल सिटिजन्स बैंकले केही समयअघि फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ्ग एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउने सुविधा समेत शुरू गरिसकेको छ।

देशभर ६० जिल्लामा फैलिएका १९९ शाखा, १६६ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ्ग इकाइहरू मार्फत १८ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरू अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...