back
Naima

चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरुको विरोध

काठमाडौं । चिकित्सासँग सम्बन्धित शैक्षिक व्यवस्थापनमा अनियमितता भएको भन्दै डेन्टल विद्यार्थीहरुको समूहले विरोध प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षण आयोगले डेन्टल पढाइमा सहभागी हुने विद्यार्थिलाई व्यावहारिक तालिमको लागि ल्याब र बिरामी कलेजले आवश्यक व्यवस्था गर्नुपर्ने स्पष्ट निर्देशन दिएको थियो । तर, केहि कलेजहरुले आयोगको निर्देशनलाई बेवास्ता गर्दै, व्यावहारिक तालिमका लागि शुल्क असुल गर्न थालेका छन् ।

आयोगका अनुसार, यी शुल्क असुलीविरुद्ध डेन्टल विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले भनिरहेका छन्, ‘शुल्क असुली रोक्न र व्यावहारिक तालिमको उचित व्यवस्था गर्न आयोगले समयमै कडा कदम चाल्नुपर्छ ।’ डेन्टल कलेजका विद्यार्थीहरु यो समस्या समाधान नभएसम्म अध्ययन बन्द गर्दै विरोध प्रदर्शन गर्न तयार रहेको बताएका छन् ।

यस विषयमा आयोगले कलेजहरुमा निरीक्षण गर्न र आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूका लागि ल्याब र बिरामी कलेजमा प्रयोगात्मक प्रशिक्षणको व्यवस्था कलेजहरूले गर्नुपर्ने निर्णय गरेको थियो । आयोगका अनुसार, डेन्टल अध्ययन गर्ने विद्यार्थीहरूले सम्बद्ध कलेजबाट एचबअतष्अब िकार्यका लागि ल्याब र बिरामी कलेजका सुविधाहरूको उपयोग गर्नुपर्नेछ ।

विज्ञप्तिमा भनिएको छ , ‘श्री विश्वविद्यालय लगायतका सबै प्रतिष्ठान र शिक्षण संस्थाहरूलाई यस विषयमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २(थ) अनुसार, ‘शिक्षण शुल्क’ का तहत सबै कलेजहरूले कलेजमा भर्ना, शिक्षण, ल्याब, पुस्तकालय र परीक्षा शुल्क लिन सक्ने छन् ।यसैगरी, चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदान कार्यविधि, २०७९ को दफा १६ मा निःशुल्क अध्ययनको व्यवस्था भएका विद्यार्थीहरूको लागि कुनै पनि शुल्क तिर्नु पर्ने छैन । उल्लिखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित संस्थाहरूलाई आग्रह गरिएको छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...