back

प्रहरी अस्पतालमा अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपियो

nactional life

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ ।

हाल एक सय २७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक फ्याकल्टी थप गर्न दुई पक्षबीच सम्झौता भए पछि अब यो संख्या दुई सय ५० पुग्ने भएको छ ।

सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अध्यक्षताको न्याम्स कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो । सोही आधारमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यससम्बन्धी सम्झौता भएको हो ।

मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्नका लागि स्नातकोत्तर कोटा बढ्ने गरी फ्याकल्टी थप गर्न भने पछि न्याम्सले थप गर्ने निर्णय गरेको थियो । अब सम्झौताअनुसार न्याम्सले नेपाल प्रहरी अस्पतालमा फ्याकल्टी थपको अनुमति दिएको छ । अस्पतालको विकासमा समेत सघाउने न्याम्सले सम्झौता गरेको छ ।

प्रहरी अस्पतालले भने रेजिडेन्टलाई चिकित्सा विद्यार्थीलाई सरकारी नियमानुसार भत्ता उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौतामा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल निर्देशक एआइजी डा. सुन्दरप्रसाद ह्योजु तथा न्याम्सका तर्फबाट रेक्टर प्राडा लोचन कार्कीले हस्ताक्षर गरेका थिए ।

सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमै दक्ष चिकित्सकको अभाव पूर्ति गर्न विद्यार्थी कोटा थप गर्ने गरी निर्णय भएकामा हालसम्म चार सय पीजी विद्यार्थी थप अध्ययन गर्ने वातावरण बनेको बताए । यस सम्झौताले थप दक्ष चिकित्सक उत्पादन हुने वातावरण तयार पार्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत समेतलगायत उपस्थित थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...