back

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार मेला–२०८१ उदघाटन समारोहमा बोल्दै उनले विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएको बताएका हुन् ।

उनले भने, ‘हामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने छ । विगत १६ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये १४ हजारले आफ्नो ज्यान गुमाएका छन् । विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका छन् । उनीहरु लड्न गएका हुन् त ? वैदेशिक रोजगारीमा गएकाहरु ऋणको चपेटामा परेर जति कमाएका छन् त्यो भन्दा बढी साहुको ऋण तिर्नुपर्ने अवस्था रहेको छ । यसलाई व्यवस्थित गर्न जरुरी छ ।

अहिले डिजिटल ट्रयापको हिसावमा कयौं मान्छे ठगिएका छन् । यसलाई हामीले कसरी व्यवस्थापन गर्ने सोच्ने समय आएको छ ।’साथै उनले वैदेशिक रोजगारीको समस्या समाधान गर्न विज्ञहरुसँग छलफल गर्नुपर्ने बताए । उनले आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरिराखेको बताए ।

उनले भने, ‘वैदेशिक रोजगारीको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय बसेर यो सबै परस्थितीबारे कसरी अगाडि बढ्ने भनेर छलफल गरेका छौं । साथै यसमा विज्ञहरुसँग पनि छलफल गर्नुपर्नेछ । एकातिर वैदेशिक रोजगारीको अवस्था छ, भने त्यसका साथसाथै आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरेका छौं, त्यसको आधारमा सबै प्रणालीहरुलाई एक ठाउँमा राखेर उद्मशीलतामा जोड दिनुपर्छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३४

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न संस्थाका पदाधिकारीका...

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:०२

काठमाडौं । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय...

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३२

काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:१८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका...

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना...