back

राजावादीहरुले हाम्रो सभ्यता र संस्कृति ध्वस्त पार्न खोजेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाले लामो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको बताएका छन् । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पूर्वराजा शाहले सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको भन्दै कदापी त्यो पूरा हुन नदिने बताएका हुन् । साथै राजनीति गर्न मन छ भने राजनीतिमा आउनको लागि समेत सुझाए ।

‘हिजो देख्नुभयो नारा देख्नुभयो, फोटा देख्नुभयो । सिङ्गो समाजलाई नै अस्वभनिय बनाउने प्रयास भइराखेका छन् । त्यो त केपी ओलीले गरेको भन्छन् । मेरा विरुद्ध तथानाम अस्लील नारा लगाइराखेका थिए । त्यो पनि मैले नै लगाएको हो कि । संविधान व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने प्रणाली नमान्ने, आजको जमानामा जनता रैति भएर बस्दीन पर्ने कस्तो हुकुम प्रमाणीयको झल्को आएको ।

संविधान नमान्ने अरे ।’ उनले भने, ‘राजनीति गर्न मन छ भने आउनुहोस् । र तर संविधान, कानुन नमान्ने जहिले पनि यो देशलाई अस्थिरतामा नै लैजाने ?हाम्रो पुर्खाले यत्रो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त गर्ने ? त्यस्ता कुरा हुन दिँदैनौं रोक्नुपर्छ हामीले ।’ त्यस्तै, उनले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि सुनाए । उनले सरकारले तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व लिने र यसमा निजी क्षेत्रको पनि साथ लिने स्पष्ट पारे । उनले भने, ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । नियम, कानुन बमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस् ।

यो उद्योग होइन । अत्यधिक मुनाफा ननिकाल्नुस् लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस्। दक्ष र कुशल नागरिक उत्पादन गर्नुस् । लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन । सेवा दिनुस् तर तपाईंहरु जोगी पनि नहुनुस् ।’प्रधानमन्त्री ओलीले विद्यार्थीलाई देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरुको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न जोड दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...