back

बतास ट्रयाक्टर्सले गर्यो हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित सम्मेलन

काठमाडौं । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारीक बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित गरी ग्राहक सम्मेलन आयोजना गरेको छ ।
क्याटरपिलरको मेशिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनामा दक्षता, नवीनता र प्रभावकारिता प्रस्तुत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी सम्मानित ग्राहकले सहभागिता रहेको थियो । क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोशेल्स इण्डियाका सीआई प्रमुख दीपक जोलीले क्याटरपिलरका मेशिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकोमा ग्राहकको विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन् ।
कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्ले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम् प्रगति प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको प्रष्ट पारेका छन् ।

सम्मेलनमा हालै क्याटरपिलर मेशिनरी खरिद गर्ने सम्मानित ग्राहकहरूलाई चाबी हस्तान्तरण समारोह आयोजना गरिएको छ । जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनीहरू समावेश छन् ।

कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका शेल्स हेड आनन्द झाले क्याटरपिलर मेशिनरीहरूको प्राविधिक विशेषताहरू, लागत दक्षताको बारेमा विस्तृत जानकारी दिएका छन् । जसमा ३२०डी३ जिसी, २०–टन, २३–टन, र २५–टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडर जस्ता मोडेलहरू समावेश छन् ।

गेनवेल कमोशेल्स ईण्डियाका बिक्रि तथा प्रबन्धक निर्देशक मुकुल दिक्षितले मुख्य आकर्षण रहेको जिसी सिरिज मेशिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्ने बारेमा जानकारी दिँदै यस सिरिजले भारतमा हेवी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफूलाई प्रमाणित गरी सकेको बताएका छन् ।

क्याटरपिलरले २४सै घण्टा सर्भिस र स्पेयर पाट्र्स समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानहरूमा पनि मेशिनरीको परिवहनको लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफटिङजस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका जानकारी दिइयो ।

बतास ट्रयाक्टर्स प्रालिका प्रबन्धक निर्देशक शान्तराज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला रहेको र क्याटरपिलर मेशिनरीहरू हाइड्रोपावर परियोजनाहरूको अनौठा चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए। सम्मेलनमार्फत हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न कस्टमर सर्भिस अग्रिमेन्ट गर्न आग्रह गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

वि.सं.२०८३ असार २८ आइतवार १७:३५

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा...

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

वि.सं.२०८३ असार २३ मंगलवार १२:५३

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४...

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

वि.सं.२०८३ असार २३ मंगलवार १२:४३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन...

ऊर्जा मन्त्रालयका १०० दिन : नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्मका उपलब्धि

ऊर्जा मन्त्रालयका १०० दिन : नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्मका उपलब्धि

वि.सं.२०८३ असार २२ सोमवार १०:३१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

वि.सं.२०८३ असार २० शनिवार २१:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछि...