back

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्से : मन्त्री गुरुङ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने क्रममा उनले व्यवस्था नै पल्टिएपछि नागार्जुन दरबारमा राखेको बताउदै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा उदार लोकतन्त्र छ । अरू मुलुकमा भएको भए ४०/५० वर्षसम्म शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई नयाँ व्यवस्था आइसकेपछि जेलमा बस्नुपर्ने हो । तीनको सम्पत्ति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ । तर, हामीले स-सम्मान नागार्जुन दरबारमा राखेका छौँ । आज उनी नै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर जुन हर्कत गरिरहेका छन् । त्यो उनले आफ्नो हैसियत बिर्सिएको हो ।’
उनले आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले कसरी देशको रक्षा गर्छ रु भन्दै प्रश्न गरे । उनले राजा मच्चिदै हिड्दैमा फर्किन्छ भनेर सोच्नुपर्ने केही अवस्था नरहेको पनि धारणा पनि राखे ।

’राजाले कसरी देश बचाउँछन्, दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ रु आफ्नो ज्यानको रक्षा गर्न नसक्ने, दरबारको रक्षा गर्न नसक्ने राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोक्रेसीको कुनै गुन्जायस हुँदैन, जहाँ प्रतिष्पर्धाको कुनै गुन्जायस हँुदैन, जहाँ एउटा कुलमा जन्मेको कारणले मुलुकको तीन करोडको जनता मध्ये सबैभन्दा योग्य ठहरिन्छ । त्यसको शासनमा हामी बस्नुपर्ने बाध्य परिन्छ । त्यस्तो व्यवस्थाको वकालत गर्दै हिड्ने लोकतन्त्र मान्ने हुन की होइनन् विचार गर्नुपर्छ । राजा मच्चिएर हिड्दैमा राजा फर्किन्छ भनेर सोच्नुपर्ने केही छैन्,’उनले भने

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...