back

प्रधानमन्त्रीले देशका लागि नभइ आफ्नो क्षेत्रका लागि पैसा मागे : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा आफ्नो निर्वाचन क्षेत्रमा रंगशाला बनाउनको लागि विदेशीसँग पैसा मागेर आएको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि होइन आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा मागेको बताएका हुन् । यस्तै, उनले एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्थाले जनतालाई प्रतिनिधित्व नगर्ने पनि बताए ।

उनले भने, ‘देशको प्रधानमन्त्री विदेश भ्रमण जानुभयो । देशको प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, रोडको लागि बजेट ल्याउनुहुन्छ, विदेशीसँग पैसा माग्नुहुन्छ भनेर हामीले सोचेका थियौं । उहाँले आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा माग्नुभयो । एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्था राम्रो भएन । यसले जनतालाई प्रतिनिधित्व गर्दैन् ।’

यसको साथै, उनले एउटा निर्वाचन क्षेत्रको जनताले सांसदका लागि भोट हालेर पठाएकाहरुले आफै मिलेर खाने र कुर्सी नछाड्ने परिपाटी रहेको उल्लेख गरे ।

उनले भने, ‘देशका ७७ वटा जिल्ला मध्ये ७६ जिल्लाका जनताले अझ भन्ने हो भने १६५ वटा निर्वाचन क्षेत्रमा १६४ वटा निर्वाचन क्षेत्रका जनताले केपी ओलीलाई प्रधानमन्त्रीको लागि भोट हालेको होइन । उहाँलाई एउटा निर्वाचन क्षेत्रको जनताले त्यो पनि प्रधानमन्त्री होइन् सांसदका लागि भोट हालेको हो । तर संविधान कस्तो बनाए भने आफै मिलेर खाने, कहिले हटाउन नमिल्ने बनाए । -याल काट्दै पनि प्रधानमन्त्रीको कुर्सी छाड्न नमिल्ने बनाए । पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने तर देशका ५५ लाखभन्दा बढि युवा अरुको देशमा काम गर्न जानुपर्ने बाध्यता छ ।’

उनले देश गणतन्त्रले होइन् राजा र जनता मिलेर बनाएको भन्दै अभिभावक बिनाको घर र राजा बिनाको देश कहिल्यै राम्रो हुन नसक्ने पनि दावी गरे ।

nactional life
Corporatebazar 11 Anniversary

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

वि.सं.२०८२ चैत १२ बिहीवार १२:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन...