back
Naima

बन्द हुने अवस्थामा एसियाकै सबैभन्दा पूरानो चिज कारखाना, छैन् सरकारी चासो

लाङटाङमा याकचौंरीको दुध भन्दा कालो चिया बेचेर राम्रो आम्दानी !

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो रसुवाको लाङटाङ चिज उत्पादन केन्द्र धरासायी अवस्थामा पुगेको छ । विशेषगरी याकचौरीको दुधमार्फत चिज उत्पादन गर्दै आइरहेको केन्द्रमा दूध नै आउन छाडेपछि कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।

एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र मानिएको कारखाना १९५२ मा स्थापनामा भएको हो । स्वीस नागरिक टोनी हेगेनको पहलमा रसुवाको क्यान्जेनमा उत्पादन केन्द्र खोलिएको थियो । एक दशकअघिसम्म सात सय लिटर दूधमार्फत चिज उत्पादन हुने गरेको भएपनि हाल १ सय ५० लिटर दूध पाउन पनि मुस्किल भएको केन्द्र प्रमुख ग्याल्बो लामाले बताए ।

‘म २७ बर्षदेखि कारखानमा कार्यरत छु । १४ बर्षदेखि केन्द्र प्रमुखका रुपमा काम गरिरहेको छु । कारखानामा दिनप्रतिदिन उत्पादन घट्दै गएको छ । पर्यटकको चाप बढेकाले चिजको माग पनि बढ्दो छ तर हामी कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेका छौं । लाङटाङको उत्पादनले नपुगेर काठमाडौंबाट चिज लगेर बेच्नुपर्ने अवस्थामा छौं,’ उनले भने,‘दुधको मूल्य नहुँदा र राज्यले किसानहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन नसक्दा उत्पादन घट्दो अवस्थामा छ ।’

लाङटाङ पर्यटकको हब हो । याकचौरी पाल्ने किसानहरु पर्यटन व्यवसायतिर व्यस्त भएकाले चौंरी गोठहरु हटाउन थालेका छन् । भएका गोठहरुमा पनि सरकारको प्रोत्साहन नभएको स्थानीयबासीको भनाइ छ । चौंरी पालेर भन्दा पर्यटन व्यवसायमा मनग्ये आम्दानी हुने भएपछि किसान व्यवसायिक रुपमा दुध उत्पादन गर्न सक्रिय छैनन् ।

‘०७२ सालको विनाशकारी भूकम्पमा परी यहाँका करिब सात सय याकचौंरी मरे । २३ किसानले ज्यान गुमाउनुपर्यो । त्यसपछि व्यवसायिक रुपमा चौरी पालन हराउँदै गयो । मानिसहरुले व्यवसाय बदलेर पर्यटनतिर आकर्षित भए । बालबच्चा बढाउन भनी स्थानीयबासी शहरतिर बसाई सर्न थालेपछि थप समस्या आउन थालेको छ,’तामाङले भने,‘यही अवस्था हो भने चिज कारखाना बन्द गर्नुपर्ने अवस्था आइसक्यो ।’

दुग्ध विकास संस्थानले चौरीको चिजको मूल्य १८ सय ८० रुपैंयाँ तोकेको छ । दुधको मूल्य प्रति लिटर करिब एक सय रुपैंयाँ मात्र छ । ‘लाङटाङमा कालो चियाको मूल्य नै १ सय २० रुपैंयाँ छ । दूध प्रति लिटर एकसय रुपैंयाँ पनि नहुनु दुर्भाग्यपूर्ण छ । किसानहरु दुध बेच्नुभन्दा कालो चिया बेचेर मनग्गे आम्दानी गरिरहेका छन्,’ तामाङले भने,‘पटक पटक माग गर्दापनि सरकारले किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम नै ल्याउन सकेन । चासो नै दिएन् । बीमा र अनुदानका कार्यक्रमहरु ल्याउनै सकेन् ।’

प्रमुख तामाङका अनुसार कुनै सयम पाँच जना किसानले तीनसय लिटरसम्म दुध ल्याउने गरेको भएपनि अहिले पूरै घटेको छ । यसपाली पनि दुईवटा चौरी गोठ विक्री भइसकेकाले उत्पादन थप घट्ने उनले जानकारी दिए ।

‘चिजको माग पुरा गर्न हामीले लाङटाङ, घत्लाङ, तातोपानी, चन्दनबारी, धुन्चेतिरबाट चिज संकलन गरिरहेका छौं । पर्यटकहरुको माग पुरा गर्न काठमाडौंबाट चिज लाङटाङ ल्याइरहेका छौं । लाङटाङमा एकसय १६ घरधुरी रहेपनि हाल तीनवटा गोठमा ६०–७० वटा मात्र याकचौरी छन्,’ उनले भने । उनले लाङटाङ क्षेत्रमा हाल हिउँ कम पर्न थालेकाले जलवायु परिवर्तनको असर देखिन थालेको पनि बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...