back

फागुन २७ गतेदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्काशन गर्दै

nactional life

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ३ गते हुनेछ भने ढिलोमा चैत १२ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीको हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ रहेको छ भने खर्च हुन बाँकी लागत २९ करोड ९ लाख ६३ हजार रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...