सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने
वि.सं.२०८१ फागुन १८ आइतवार
काठमाडौँ – सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिएका हुन् ।
८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो ।
प्रकाशित समय : १२:२२ बजे






















