back
Naima

सिद्धार्थ बुटिक होटल बौद्धमा शनिबार ल्होसारको अवसरमा सांगीतिक कार्यक्रम, प्रवेश नि:शुल्क

काठमाडौँ । बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ग्याल्पो ल्होसारको उपलक्ष्यमा सिद्धार्थ बुटिक होटल बौद्धले सांगीतिक कार्यक्रमको घोषणा गरेको छ ।

उक्त कार्यक्रम फागुन १७ गते (शनिबार) दिउँसो ३ बजेदेखि ९ बजेसम्म सिद्धार्थ बुटिक होटल परिसर बौद्धमा हुने होटलका प्रवन्धक रविन अर्यालले जानकारी दिए ।

उक्त कार्यक्रममा विश्व दोङ,  सुमिना लो, लाक्पा तेन्जी शेर्पा, पाल्मु शेर्पा, बालगायक लाक्पा डोमा शेर्पालगायतका कलाकारहरुको प्रत्यक्ष प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागीहरुले डिजे नवाङको रोमाञ्चक डिजे सेसन, लोकल ब्याण्डको लाइभ ब्याण्ड प्रस्तुति र परम्परागत सांस्कृतिक घरानाहरुको मनमोहक सांस्कृतिक नृत्यको पनि मजा लिन सक्नेछन् ।

अर्यालका अनुसार एक हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको यो कार्यक्रम एक अविस्मरणीय सांस्कृतिक अनुभव हुनेछ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा मनाइने यस कार्यक्रममा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यसका साथै सशुल्क खाना तथा पेयका स्टल पनि उपलब्ध हुने बताइएको छ ।

संगीत, नृत्य र खानाका साथ रमाइलो माहोलमा ल्होसार मनाउन आयोजना गरिएको कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बियर र प्रायोजक कोकाकोला रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...