back
himalayan life

मुलुकको अर्थतन्त्रको अवस्थाले राज्यमन्त्री नै निराश

काठमाडौं –  सँस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सरकारले आर्थिक क्षेत्रमा आवश्यक निकास दिन नसकेको बताएका छन् ।

विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छाएको भन्दै यसमा सरकारले आवश्यक निकास दिन नसकेको जस्तो अनुभव भएको बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छ । विशेषगरि व्यापारी साथीहरुमा र आम जनतामा केही निकाश दिन नसकेको जस्तो अनुभव भइरहेको छ । तर नेपालमा पनि आगामी दिनमा आर्थिक रुपमा क्रान्ति हुनेछ र भोलिका दिनमा व्यवसायीलगायत सबैको स्तर माथि उठ्ने छ ।’

यसको साथै, उनले बजेट बनाउने पूर्वसन्ध्याको अवस्थामा सबैको सुझाव अनुसार नै अगाडि बढ्ने बताए । उनले भने, ‘हामी बजेट बनाउने पूर्वसन्ध्यामा छौ । ६ महिनाको कार्यकालमा धेरै मान्छेहरुसँग भेट पनिभयो । के गर्नुपर्छ भनेर सोध्दै गर्दा धेरै सुझाव पनि आएका छन् । आगामी बजेटमा खेल्नुपर्ने भूमिका र पाएका सुझावहरुलाई लिएर अगाडि बढ्ने छु ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...