back

राजनीतिको केन्द्र सदैव जनता हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डो¥याउन सकेमात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे ।

उनले राजनीतिको केन्द्र सदैव जनता हुनुपर्ने भन्दै त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पु¥याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले महेन्द्र नारायण निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताए । कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा आफूलाई सँधै समर्पित गर्ने नरेन्द्र प्रसाद मिश्र र शमा शाहीलाई पुरस्कृत गरिएको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...