बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाद्वारा सपथ ग्रहण
वि.सं.२०८१ फागुन १३ मंगलवार
काठमाडौं – नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सपथ लिएका हुन् ।
हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रकाशित समय : १७:४३ बजे





















