back

अमेरिकाकाे लस एन्जलसमा ट्राभल एण्ड एड्भेन्चर शाे, नेपालका प्रतिष्ठित एड्भेन्चर कम्पनीकाे सहभागीता

अमेरिका । लस एन्जलस, अमेरिका – नेपाल पर्यटन बोर्ड र युनिकम एल एल को संयुक्त आयोजनामा अमेरिकाको लस एन्जल (कन्भेन्सन सेन्टर) मा लस एन्जलसमा ट्राभल एण्ड एड्भेन्चर शो भएकाे छ ।

शाेमा नेपालका ४ वटा  प्रतिष्ठित ट्राभल एण्ड एड्भेन्चर कम्पनीकाे सहभागिता छ ।

नेपालमा पर्यटनका लागि  ट्राभल एण्ड एड्भेन्चरबाट प्राप्त गर्ने  अवसर , रमणीय स्थान, संस्कृतिलाई प्रवर्द्धन गर्न शाेले सहयाेग गरेकाे टानका पुर्वमहासचिव बिनाेद सापकाेटाले जानकारी दिनुभयाे।

लस एन्जलस  ट्राभल एण्ड एड्भेन्चर शोमा नेपालका

प्रतिष्ठित ट्राभल कम्पनी  नेपाल ट्रेक एड्भेन्चरका प्रवन्ध निर्देशक बिनोद सापकाेटा, फ्रेण्ड्स एड्भेन्चर टीमका राजेन्द्र बहादुर लामा, नेपाल स्यान्क्चुरी ट्रेकबाट तुलसी ज्ञवाली , ओझा होलिडेज टुर्स एण्ड ट्रेककाे तर्फबाट रमेशराज ओझा सहभागी हुनुहुन्छ ।

शाेमा आएका भिजिटरहरूले  नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र रोमाञ्चक साहसिक गतिविधिहरूको बारेमा जानकारी दिईएकाे सापकाेटाले बताउनुभयो ।

नेपालबाट ४ वटा ट्राभल एण्ड एड्भेन्चर  कम्पनी सहभागीता छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत  दीपकराज जोशीले अमेरिकी पर्यटनकलाई नेपाल भित्र्याउनका लागि शाे आयाेजना गरिएकाे बताउनुभयाे ।सन् २०२४ मा अमेरिका नेपालका कुल पर्यटक आगमनमध्ये करिब १० प्रतिशतको हिस्सा छ ।  भारतपछि अमेरिकाबाट नेपाल आउने पर्यटनक अमेरिकी नागरिक भएकाे हुनाले ट्राभल एण्ड एड्भेन्चर शोले थप सहयाेग पुग्ने बताउनुभयाे ।

ट्राभल एण्ड एड्भेन्चर शाेकाे समन्वय नेपाल पर्यटन बाेर्डका वरिस्ठ युराेप अमेरिका मार्केटिङ शाखाका बरिष्ठ अधिकृत कुन्दन मिश्रले गर्नु भएकाे छ । शाेमा बाेर्डका बरिष्ठ निर्दशक  हिक्मत सिंह ऐर ,  बरिष्ठ प्रवन्धक निर्देशक नवीन पाेखरेल लगायतको सहभागीता छ । शाेमा नेपाल बाहेक १५ देशका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी  सहभागी छन् । जसमा जापान, ताईवान, इण्डाेनेसिया, साउथ अमेरिकाका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी छन् ।

उक्त कार्यक्रमा अमेरिकाको क्यालिफोर्नियका लागि नेपालको अवैतनिक वाणिज्यदुत ऋषि प्रसाद ढकालकाे समेत  उपिस्थिती थियो।

ट्राभल एण्ड एड्भेन्चर शो आउने मध्ये एक जनालाई विशेष उपहार योजना अन्तरगत भाग्यशाली एक जोडीले ‘एभरेस्ट बेस क्याम्प  ट्रिप’ जित्ने अवसर छ । शाे फेब्रुअरी २२ र २३ तारिखसम्म चल्ने छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख ३ बिहीवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको...

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२८

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति...

३ लाख नाघ्यो सुनको मूल्य

३ लाख नाघ्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली...