स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित
वि.सं.२०८१ फागुन ११ आइतवार
काठमाडौं । स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २–० ले हराएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन् ।
शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १–० ले हरायो।
गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १–० को जित निकालेको छ ।
स्पेनिस लिगको तालिकामा बार्सिलोना ५४ अंकसहित शीर्ष स्थानमा छ । यसैगरी एट्लेटिको म्याड्रिडको ५३ अङ्क छ ।
प्रकाशित समय : १२:५६ बजे





















