back

पार्टीको सूचना जनतामा पुर्याउन एआईको सदुपयोग गरौं : उपप्रधानमन्त्री सिंह

धनुषा । उपप्रधानमन्त्री एवम् शहरी विकाम मन्त्री प्रकाशमान सिंहले विकसित भएका नयाँ माध्यमो प्रयोग गरेर पार्टीले गरेका कामबारे नागरिकलाई सुसूचित गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान नाराका साथ नेपाली कांग्रेसको प्रचार प्रसार विभागले शनिबार धनुषामा आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि रहनुभएका सिंहले यस्तो बताएका हुन् ।

उनले अहिले सामाजिक सञ्जाल र आर्टिफिसियल इनेटेलिजेन्टको सदुपयोग गर्न नसके त्यसको सिकार हुनुपर्ने अवस्था बनेको बताए । नेपालमा ०७ सालको क्रान्तिका बेलानै नेपाली कांग्रेसले रेडियोको स्थापना गरेको चर्चा गर्दै त्यो समयमा रेडियो सूचना सम्प्रेषणको आधुनिक माध्यम रहेको बताए । पार्टीको विचार, सिद्धान्त र गरेका ऐतिहासिक कामहरू जनताका पुर्याउन समयअनुसारको माध्यमको उपयोग गर्नुपर्ने सिंहको भनाई थियो । ‘अहिले युवाहरू हतारमा देख्छु।

सामाजिक सञ्जालको माध्यमबाट नेपाली कांग्रेसले गरेका कामहरू युवाहरूलाई आकर्षित गर्नेगरि लैजान सकियो भने त्यसले राम्रो हुन्छ भन्ने मलाई लागेको छ’ उनले भने, ‘सामाजिक सञ्जाल र एआईको सदुपयोग गर्न सकेनौं भने हामी आफैं त्यसको सिकार हुन्छौं । ’उनले कांग्रेसका कारण भएका उपलब्धि जनताको बिचमा लैजानुपर्ने भन्दै ऐतिहासिक घटनाक्रम, तथ्यहरू लिएर जनतासम्म नपुगे आगामी दिन थप कठिन हुने बताए ।

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कांग्रेसले प्रजातन्त्रका लागि गरेको योगदानको अरू कसैसँग तुलना नहुने बताए । प्रतिकूल समयमा पनि कांग्रेसले आफ्नो सिद्धान्त र विचारमा अडिग रहि संघर्ष गरेकै कारण प्रजातन्त्रसहितका अहिलेको उपलब्धि हासिल भएको उनको भनाई थियो ।नागरिकलाई अधिकार सम्पन्न बनाउन र प्रजातान्त्रिक हक अधिकार दिलाउन कांग्रेसले गरेको संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि कांग्रेसले मात्र थाहा पाएर नहुने भन्दै आधुनिक माध्यमको प्रयोग गरेर समग्र पार्टीको हित हुने गरि प्रचारप्रसारमा लाग्न पनि प्रचार विभागलाई सुझाव दिए ।

अन्तर्राष्ट्रिय तत्व, मुठ्ठीभर कांग्रेस भनेर विगतमा भनिएपनि देशमा आउने हरेक संकट कांग्रेसले पार लगाएको चर्चा गर्दै उनले अहिले आएका नयाँ पार्टीले इतिहासको कुरा गरेर हुन्छ भन्दैमा इतिहासको कुरा भन्न छाड्न नहुने बताए । उनले इतिहासका कुरासँगै राजनीतिक, आर्थिक, सामजिक लगायतका ज्वलन्त मुद्दामा कांग्रेस प्रष्ट धारणा राखेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...