back

लामिनारद्वारा ‘सेन्टो’ – नेपालकै पहिलो फुल–बडी टाइल संग्रह सार्वजनिक

nactional life

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को कीर्तिमान कायम गर्दै देशकै पहिलो र एकमात्र फुल–बडी टाइल संग्रहलाई सार्वजनिक गरेको छ ।

लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टो नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रहलाई बजारमा ल्याएको हो ।

सेन्टो फुल–बडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरे । लामिनार टाइल्स् फागुन ११ गतेसम्म चल्ने यस वर्षको बिल्डकन एक्स्पोको प्रमुख प्रायोजक रहेको छ।

फुल–बडी टाइलहरूको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्स्को उत्पादक, लुम्बिनी सेरामिक्स्का प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार टाइल्सको अत्याधिक दिगोपन र मजबुती भएका कारण सेन्टो टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू — जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।

आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिमी मोटाइ भएका ऋभलतय टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन् ।

कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सेन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ।

नेपाली उपभोक्ताहरुको लागि अब घर वा कार्यालयका भ¥याङ्गका चिप्लिईने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुईलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकड सहितको उपलब्ध भएको छ ।

आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरू का लागि उत्तम विकल्प बनेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

वि.सं.२०८३ जेठ १८ सोमवार १७:०३

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको विद्युतीय,...

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५७

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८३/८४ को...

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार १२:२८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:३७

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२८

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ...

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा...