back

नेपालमा आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान: लक्जरी र लामो रेन्जसहित उपलब्ध!

आरजेडएम ईभी भ्यानका प्रमुख विशेषताहरू

काठमाडौं । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन्। नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रूपमा यी सवारी साधन नेपाल भित्र्याएका हुन्।

एक विशेष कार्यक्रमका बीच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेश कुमार राठी र शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले सहकार्यको घोषणा गरे।

कार्यक्रममा आरजेडएम अटो नेपालका सीईओ मनोज खतिवडाले ब्रान्ड भित्र्याउनुको कारण तथा विशेषताका बारेमा प्रकाश पारे। नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोज बिक्रम शाहले कम्पनीको इतिहास र आरजेडएम ब्रान्डको महत्वबारे चर्चा गरे। नयाँ ग्राहकलाई गाडीको साँचो हस्तान्तरणसमेत गरियो।

आरजेडएम ईभी भ्यानका प्रमुख विशेषताहरू
ई५ सिरिज (१५ सिटर)

ब्याट्री: ५३.५८ किलोवाट आवरको सीएटीएल थर्ड जेनेरेसन ब्याट्री

चार्जिङ रेन्ज: समतल सडकमा ३०० किलोमिटर, औसतमा २५० किलोमिटर

पिक पावर: १०० किलोवाट

रेटेड पावर: ५० किलोवाट

टर्क: ३०० एनएम

ग्राउन्ड क्लियरेन्स: २०० एमएम

मूल्य: ५४ लाख २५ हजार रुपैयाँ

आर५ सिरिज (१६ सिटर)

ब्याट्री: ७७.२८ किलोवाट आवरको सीएटीएल थर्ड जेनेरेसन ब्याट्री

चार्जिङ रेन्ज: डब्लुएलटीपी अनुसार ३६६ किलोमिटर

पिक पावर: १२० किलोवाट

रेटेड पावर: ६० किलोवाट

टर्क: ३५० एनएम

ग्राउन्ड क्लियरेन्स: १८० एमएम

मूल्य: ७३ लाख ५० हजार रुपैयाँ

नयाँ प्रविधिअनुसार ६० किलोवाट चार्जर प्रयोग गरी यी गाडीलाई ४५ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ। पोखराबाट काठमाडौं गरिएको परीक्षणमा फुल चार्जमा ५१% चार्ज बाँकी रहँदै पोखरा पुग्न सफल भएको कम्पनीले जनाएको छ। लामो दूरीको यात्रा तथा व्यावसायिक प्रयोजनका लागि यी गाडीहरू उपयुक्त मानिन्छन्।

आरजेडएम ईभी भ्यानहरू नेपाली सडक सुहाउँदो बनाउन डिजाइन तथा परीक्षण गरिएका छन्। यसका सिट लेआउट, ग्राउन्ड क्लियरेन्स र अन्य संरचनाहरू नेपाली भूगोलका लागि अनुकूल बनाइएको छ। लक्जरियस इन्टेरियर तथा आरामदायी सिटिङका कारण यी गाडीहरू टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट तथा व्यवसायिक प्रयोजनका लागि उपयोगी छन्।

नेसनल मोटर्सले ३८ वर्षअघि अटोमोबाइल व्यवसायमा प्रवेश गरेको थियो। हाल यस कम्पनीले एसएमएल इसुजुका कमर्सियल सवारी साधन तथा अटोमोबाइल सम्बन्धी सामग्रीहरू बिक्री–वितरण गर्दै आएको छ।

नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध रहेको र आरजेडएम ईभी भ्यानहरूका लागि विशेष सर्भिस तालिम तथा पार्ट्स आपूर्ति सुनिश्चित गरिने कम्पनीले जनाएको छ।

शाङच आरजेडएम अटो चीनको जियाङसुमा अवस्थित दुई प्लान्टमार्फत उत्पादन गरिन्छ र विश्वका २३ देशमा निर्यात भइरहेको छ। पाँच देशमा एसेम्बली र सीकेडी प्लान्ट सञ्चालनमा छन्।

आरजेडएम अटो चीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको १००% सरकारी स्वामित्वको कम्पनी भएकाले विश्वसनीयता उच्च रहेको कम्पनीको दाबी छ। नेपाली बजारमा लामो समयदेखि सफल हुँदै आएको नेसनल मोटर्स तथा राठी ट्रेडिङको सहकार्यले आरजेडएम ब्रान्डलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

nactional life
Corporatebazar 11 Anniversary

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०४

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्स...

भक्तपुरमा लामिनारको दुई शोरुम सञ्चालनमा

भक्तपुरमा लामिनारको दुई शोरुम सञ्चालनमा

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:०३

काठमाडौं । नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको फुल्ली भिट्रिफाइड...

नानो प्रविधिमा आधारित ‘नानो इनरजाइजर’ नेपाली बजारमा लोकप्रिय बन्दै

नानो प्रविधिमा आधारित ‘नानो इनरजाइजर’ नेपाली बजारमा लोकप्रिय बन्दै

वि.सं.२०८२ चैत ३ मंगलवार १३:११

काठमाडौं । कोरियाली प्रविधिमा आधारित नानो उत्पादन ‘नानो इनरजाइजर’ नेपाली...