back

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।त्यस मध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

यसका साथै कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन २६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

nactional life
Corporatebazar 11 Anniversary

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:१९

काठमाडौँ । यस साता धितोपत्र बजार (नेप्से) मा खासै ठूलो...

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १६:४६

काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको...

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ वैशाख २ बुधवार १६:०९

काठमाडौं । आज बैशाख २ गते बुधबार सेयर बजारमा दोहोरो...

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज...

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

वि.सं.२०८२ चैत २५ बुधवार १५:४१

काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ...

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

वि.सं.२०८२ चैत १८ बुधवार १५:३९

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।...