back

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

nactional life

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा विकास गर्न यान्त्रिकरणको माध्यमबाट मात्रै सम्भव हुने बताएका छन् ।

शुक्रबार सातौं नेपाल एग्रीकेट ईन्टरनेशनल एक्सपोको उद्घाटन गर्दै उनले कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै नभइ सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जानसके कृषि नै व्यवसायिक समृद्धिको ढोका बन्ने बताएका हुन् ।

उनले भने, ‘यान्त्रिकरणको माध्यमबाट मात्रै कृषिमा विकास हुनसक्छ । कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै हुँदैन । यान्त्रिकरणको विशेष विकास भइसक्यो । त्यसकारणले हामीले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जान सक्यो भने आत्मनिर्भरताका लागि मात्रै होइन व्यवसायिक समृद्धिका लागि कृषि नै समृद्धिको ढोका बन्न सक्छ ।’

साथै उनले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिन सक्ने किसिमको वातावरण तयार गर्नका लागि सरकार काम गरिरहेको बताए । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने भनेर भाषणमा मात्र सिमित नराखी व्यवहारमा समेत उतार्नुपर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...