back
Naima

कर नीतिको समस्याबारे उदारता अपनाउन तयार छौं : पोखरेल

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंखर पोखरेलले आवश्यक्ता अनुसारको कानुन निर्माणका लागि सुझवसहित अघि बढ्ने बताएका छन् । ‘नेपालका लागि आइसीटीमा आधारित उद्यमशिलता :आर्थिक सृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो र कस्तो कानून आवश्यक हो त्यसबारे सबैलाई किटान गरिदिने हो भने सुधारका लागि प्रक्रिया अघि बढाउने बताएका हुन् ।

उनले भने, ‘विद्यमान कानूनले परेको अफ्ठयारो, कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो सबैलाई किटान गरेर दिनुभयो भने सुधारका लागि प्रक्रिया अघि बढाउछौ । भएको कानूनले विकासमा के समस्या पारेको छ र कस्तो प्रकारको नयाँ कानूनको आवश्यकता परेको छ त्यस विषयमा छलफल गरेर सुझाव दिने हो भने त्यसको आधारमा कानून सुधारको प्रक्रिया अगाडि बढाइने छ ।’

यसको साथै, उनले करको नीतिले समस्या गरेको भन्ने कुरा धेरै उठेको भन्दै यसबारे सरकारको तर्फबाट गर्न सक्ने विषयमा छलफल गरेर सुझाव दिन आग्रह गरेको छ । उनले भने, ‘करको नीतिले धेरै समस्या गरेको छ भन्ने कुरा धेरै उठेको छ । यसमा सरकारको तर्फबाट प्रोत्साहन के हुनसक्छ भन्ने विषयमा छलफल गरेर कतिसम्म उदारता अपनाउन सकिन्छ र प्रोत्साहनको लागि के गर्न सकिन्छ दुईवटा विषयमा ध्यान दिनुपर्यो ।’

सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ प्रविधिको विकासबाट क्षेत्रलाई अझ सुधार गर्न सकिने भन्दै त्यसको लागि पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाएको बताए । उनले भने, ‘नयाँ प्रविधिको विकासबाट यो क्षेत्रलाई अझ सुधार गर्न सकिने कुरामा पनि पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाएका छौ । प्रविधिलाई आत्मसाथ गर्न सकेनौ भने आजको उद्योगको पनि विकास सम्भव छैन् ।

पछिल्लो समय अहिलेको कानून सुधारमा सबैभन्दा बढि उद्योग मन्त्रालयसँग सम्बन्ध कानून निर्माण भएका छन् । सेवा प्रवाह, लगानीको रुपमा र प्रविधिको विकासको कुरा सरकारले प्राथमिकतामा राखेको छ ।’ आजका नविनतम र रचनात्मक समथ्र्यमा लगानी गर्न हिचकिचाउने अवस्था अझै पनि रहेको भन्दै सरकारले विभिन्न फोरम र नीतिमा यस्ता क्षेत्रलाई समावेश गराउनु पर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...