back

आठौं ‘चेम्बर एक्स्पो २०२५’ माघ १७ देखि भृकुटीमण्डपमा हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एण्ड एआई प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते ५ दिन सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले व्यापार मेला गर्न लागेको हो ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिएका छन् ।

विगतमा झै यस वर्ष पनि एक्स्पोमा कृषिजन्य बस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, रसद, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन, खाना र दुग्ध उत्पादनहरू आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउनेछन ।

स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन । ५ दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए ।

चेम्बर मेलामा व्युटी पार्टनरको रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिङ्क तथा एजुकेशन पार्टनरका रुपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ । नेपाल...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...

केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:४०

काठमाडौं ।सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने...

करको संरचनाको पुनरावलोकन गरिने

करको संरचनाको पुनरावलोकन गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२५

काठमाडौं । सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ ।...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:०२

काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी...

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:४९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ...