back

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि नेपालले आवश्यक कानूनहरु निर्माण गरेको बताएका छन् ।सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताएका हुन् ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्र नभएर विश्व स्तरको नै हो । हामीले यस दिशामा केही प्रयासहरु गरेका छौँ । नेपालले यसका लागि आवश्यक कानून, नियम, संरचनाहरु निर्माण गर्नुको साथै अनुसन्धानका कामलाई अगाडि बढाएको छ ।

यस हिसाबले नेपालले केही महत्वपूर्ण काम गरेकै छ । यो सँगै एउटा सत्य के हो भने हामीले जति गर्नुपर्ने हो वा गर्न सक्नुपर्ने हो त्यो हिसाबले काम गर्न सकेका छैनाँै ।’यसको साथै, उनले कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएको भन्दै दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरेको बताए ।

उनले भने, ‘कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएका छौँ । भनेर गर्व गर्न सक्ने गरेर प्रस्तुत हुन सक्नुपर्ने थियो । नेपालले सम्पत्ति शुद्धीकरणको कसूरमा दोषि भएका जो कसैलाई पनि दण्डित गर्छ ।

निर्दोष कसैले पनि डराउनु पर्दैन् भन्ने मानक स्थापित गर्ने हिसाबले आउने दिनमा प्रभावकारी कामहरु हुनेछन् र हामी देशभित्र र दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछाँै भन्ने अपेक्षा गर्न चहान्छु ।’

आजको कार्यक्रमले निश्चित रुपमा सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा राम्रा प्रयासहरुलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण योगदान दिने भन्दै विशेषगरि जनचेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिने पनि उनको भनाई छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...