back

नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुल्दा नेपालको गणतन्त्र जनताको बन्न नसक्दा थुप्रै्र समस्याहरु खेप्न परेको बताएका हुन् ।

उनले भने,‘देशमा सबैभन्दा ठूलो समस्या अहिले राजनीतिमा देखा परेको छ । राजनीति जनतातिर फर्किएन । राजनीतिक आन्दोलनको संघर्षको बेलासम्म जनतासम्म फर्कियो तर निर्माणको बेला, जनतालाई साथै लिएर यात्रा गर्ने बेला वा देश विकास गर्ने बेला राजनीति जनतातिर होइन् विदेशतिर फर्कियो । मालिकतिर फर्कियो । मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुले । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजका थुप्रै्र समस्याहरु खेप्न परेको छ ।’

त्यस्तै उनले नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी आफ्ना मित्र रहेको बताए ।
उनले भने,‘हामीले नेपाली जनताको मन छामेका छौं । नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन् । नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं ।’
त्यस्तै उनले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी समेत गरे ।

साथै उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहनाले भोलि (सोमबार) काठमाडौंको बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए ।

nactional life
Corporatebazar 11 Anniversary

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:१७

बाँके । ‘हामीले यो ठाउँलाई केवल बस्ने ठाउँ मात्रै बनाएका...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:१५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:१०

काठमाडौं । नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८०...

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:५०

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले देशको कार्यकारी प्रमुखले...