back
himalayan life

‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय बढी नागरिकले लिए सेवा

रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा सञ्चालित ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय भन्दा बढी नागरिकले सेवा लिएका छन् ।

गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा एक वर्षदेखि सञ्चालन भएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट सो गाउँपालिकाका ८ सय बढी नागरिकले सेवा लिएका हुन् ।

एक वर्षमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत ३ सय २४ जनाले मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी समस्याहरू दर्ता गराएकामा उनीहरूलाई विभिन्न चरणमा ६ सय ५१ पटक सेवा दिइएको संस्थाले जनाएको छ ।

यसै गरी एक वर्षमा ४ सय ९३ जना मधुमेह, उच्च रक्तचाप र दमका दीर्घ रोगीहरूले समस्या दर्ता गराएकामा ७ सय ३१ पटक सेवा दिइएको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा १५ विद्यालयका ३ सय ५ जना विद्यार्थीहरूलाई प्राथमिक उपचार तालिमलाई दिइएको गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानले जनाकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यक्रमको प्रथम वार्षिकउत्सव कार्यक्रममा बोल्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले गाउँपालिकाको ‘स्वस्थ नागरिक बनाउने’ अभियानमा गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत नागरिकलाई दिइएको सेवा प्रभावकारी भएको बताए । उनले सो कार्यमा गाउँपालिका अझै सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिए ।

प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्षहरू, गाउँपालिकाका १५ विद्यालयका प्रधानाध्यापकहरू र स्वास्थ्य संस्थाका इञ्चार्जहरू सहभागी रहेका थिए ।

कार्यक्रममा एनपीओ आशा जापानका अध्यक्ष योशिफुमी निनले डिजिटल प्रविधिमार्फत प्रदान गरिने स्वास्थ्य सेवा ग्रामीण क्षेत्रका नागरिकका लागि प्रभावकारी भएको बताइन् ।
प्रतिष्ठानका सल्लाहकार राजकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, र सामाजिक विकासमा प्रतिष्ठानले काम गर्दै आएको बताए । समुदायको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रमका परियोजना संयोजक गणेशमान लामाले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए । उनले आगामी कार्यक्रमको कार्ययोजना समेत प्रस्तुत गरेका थिए । उनले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई थप प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट योगदान गर्ने समुदाय स्वास्थ्य कार्यकर्ता वर्ष २०२४ पुरस्कार लालमाया तामाङलाई प्रदान गरिएको थियो । त्यस्तै समुदाय प्रभाव पुरस्कार सस्मिता माझीलाई र नेतृत्व पुरस्कार उर्मिला पौडेललाई प्रदान गरिएको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०४

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४०

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...