back
himalayan life

सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा आभार व्यक्त

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा आभार व्यक्त गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले मुलुकमा व्यवस्थित जग्गा तथा आवास विकासको प्रबर्धनका लागि हामीले सरकारलाई राय,सुझाव दिँदै आएको भन्दै महासंघले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा खुसी व्यक्त गरेको हो ।

विज्ञप्तीमा लेखिएको छ,‘मुलुकमा व्यवस्थित जग्गा तथा आवास विकासको प्रबर्धनका लागि हामीले सरकारलाई राय, सल्लाह एवं सुझाव दिँदै आफ्ना मागहरु सम्बोधनका लागि समेत प्रयास गरिरहेका छौं । यसको फलस्वरुप हालै नेपाल सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरी घरजग्गा व्यवसायम हदबन्दी छुट दिने सम्बन्धी विद्यमान कानूनी व्यवस्थामा सुधार गरेको सन्दर्भमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।’

साथै महासंघले रियल इस्टेट व्यवसायीहरुले स्थानीय तह, प्रदेश र संघीय सरकार लगायत सबै सरकारी निकायहरुसँग सहकार्य गर्दै नेपालमा व्यवस्थित शहरी तथा बस्ती विकास मार्फत देशको अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखेको छ ।

‘प्रदेशहरुमा कम्तीमा एउटा नयाँ नमूना शहर निर्माण गर्ने, रियल इस्टेट व्यवसायको प्रबर्धनका लागि जग्गाको हदबन्दी फराकिलो बनाउनुपर्ने, घरजग्गा व्यवसायले अन्य उद्योगहरुलाई चलायमान बनाउने भएकोले यस व्यवसायलाई उद्योगको रुपमा विकास गर्नुपर्ने, सरकारी निकायहरुबाट यस क्षेत्रका लागि सकारात्मक सोचले नीति निर्माण भएमा रियल इस्टेट व्यवसायीहरुले यस क्षेत्रमा इमान्दारीका साथ लगानी गर्ने, रियल इस्टेट व्यवसायीहरुले स्थानीय तह, प्रदेश र संघीय सरकार लगायत सबै सरकारी निकायहरुसँग सहकार्य गर्दै नेपालमा व्यवस्थित शहरी तथा बस्ती विकास मार्फत् देशको अर्थतन्त्रमा योगदान गर्ने छ ।’

घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्ने र विभिन्न ढंगबाट आफ्नो महासंघले आफ्ना काम कारबाही अगाडि बढाउँदै लगेको पनि जानकारी गराएको ।

महासंघले शहरी विकास तथा घरजग्गा सम्बन्धी कानूनी तथा नीतिगत विषयमा समसामयिक २२ सुधार गरी रियल इस्टेट व्यवसायलाई उद्योगको रुपमा विकास गर्दै मुलुकको अर्थतन्त्रलाई सुद्रिढ बनाउनमा योगदान गर्नुपर्ने कुरामा जोड दिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...