back

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले माघ ४ गते मुख्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै पेशागत महासंघका अध्यक्ष नेपालले रक्तदानजस्तो मानवीय कार्यमा सबैको सहभागीता प्रशंसनीय भएको र आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरे। कार्यक्रममा संघका सदस्य उमेश प्रसाईले स्वागत मन्तव्य राख्दै संघको अभियानले बिरामीहरूलाई राहत प्रदान गर्न मद्दत गरेको र ट्रेड युनियनको गरिमा बढाएको बताए।

त्यसैगरी, कार्यक्रम संघको बिरेन्द्रनगर समिति चितवन र सुदूरपश्चिम प्रदेश समिति धनगढीमा पनि सञ्चालन गरिएको थियो। संघका अन्य प्रदेश समितिहरूले माघ महिनाभर देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन्।

मुख्य कार्यालय समितिको कार्यक्रम पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य प्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

रक्तदान कार्यक्रमको उद्देश्य रगत अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्नु र समाजमा सेवा भाव फैलाउनु रहेको संघले जनाएको छ। मुख्य कार्यालय समितिमार्फत १०१ युनिट, बिरेन्द्रनगर समितिमार्फत ३५ युनिट, र सुदूरपश्चिम समितिमार्फत ३५ युनिट रगत संकलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरूको रगत अभाव पूर्ति गर्न प्रयोग गरिनेछ।

कार्यक्रममा बिमा वित्तीय संस्था कर्मचारी संघ नेपालका अध्यक्ष धर्मराज मैनाली, कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष लिला जिसी, बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारी, ग्राहक, र शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...