back

नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

काठमाडौं। नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने भएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको समन्वय तथा आयोजनामा यही माघ १० देखि २२ गतेसम्म नेपालगञ्जमा प्रादेशिक महोत्सवमा ‘क्यान इन्फोटेक’ आयोजना गरिने जिल्लास्थित क्यान महासङ्घका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

प्रादेशिक महोत्सव आयोजना गर्न जिल्लास्थित क्यान महासङ्घ र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घबीच सम्झौता भई इन्फोटेकका लागि आवश्यक तयारी भइरहेको छ ।

नेपालगञ्ज र वरपरको क्षेत्रमा डिजिटल प्रवर्द्धन र प्रविधिको विकास गर्न, विभिन्न कार्यक्रम तथा परियोजना सफलताका लागि सहयोग गर्ने र प्रादेशिक महोत्सवमा समन्वय र सहकार्य गर्नेगरी सम्झौता भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले जानकारी दिए ।

“प्रादेशिक महोत्सवमा सूचना प्रविधिबारे जानकारी र सेवाको सहजता बनाउने उद्देश्य लिएर तयारी गरेका छौँ”, उनले भने,“यो इन्फोटेकले प्रादेशमा प्रविधिको क्षेत्रमा सकारात्मक सुधार ल्याउने विश्वास गरेका छौँ ।”

क्यान बाँकेका सचिव रमेश बिसीका अनुसार क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी सबै प्रकारका सेवा र जानकारीसहितका स्टल राखेर नेपालगञ्ज र वरपर डिजिटल प्रवर्द्धन र प्रविधिको विकासमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...