back

नेकका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती

काठमाडौं । भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ ।

सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरि स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका सात जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ती वितरण गरिएको हो ।

छात्रवृत्ती पाउनेहरुमा सन् २०१६, ०१७, ०१८ र ०१९ का लागि मनिष श्रेष्ठ, दीप शाही, सन्तराम पाण्डे र नुजा बज्राचार्य रहेका छन् । सन् २०२० मा अमितकुमार शर्मा, २०२२ का लागि मनिषा भट्टराई तथा २०२३ का लागि साधना तिवारी छनौट भएका थिए ।

छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जनही ४०/४० हजारको चेक प्रदान गरे । विद्यार्थीले प्राप्त गरेको अङ्कमा आधारमा मुल्यांकन गरी छात्रवृत्ती वितरण गरिएको छाज्ञवृत्ती छनौट समितिका संयोजक समेत रहनुभएका सहायक प्राचार्य मोहनध्यज केसीले जानकारी दिए ।

हाल अष्ट्रेलियामा रहनु भएका पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. प्रतापमणी पराजुलीले सन् २०११ मा आफुले प्राप्त गरेको उपदानबाट बुबाआमाको नाममा सात लाख रुपैंयाको अक्षय कोष स्थापना गरेको थियो । उक्त कूल पुँजीलाई अबदेखि १० लाख बनाएर त्यसबाट प्राप्त बैंक ब्याजबाट छात्रवृत्ती दिइने छ ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्तीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन मिलेको बताए । नेपाल इन्जिनियरिङ कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकोले विद्यार्थीहरुलाई प्रोत्साहन गराउने विभिन्न कार्यक्रम र छात्रवृत्ती स्थापना गर्न पहल गर्ने जनाए । उनले कलेजका पूर्वविद्यार्थीहरुसँगै सामाजिक, शैक्षिक व्यक्तित्वहरुले यस्ता छात्रवृत्तिहरु स्थापना गर्दा स्वदेशमै पढ्न चाहने विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने पनि जिकीर गरे ।

कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तीले प्रोत्साहन गरेको बताउँदै विगतमा कोभिड–१९ का कारण अनियमित भएको छात्रवृत्ती अब नियमित प्रदान गरिने बताए । कार्यक्रममा कलेजकी प्रशासन प्रमुख श्रीमा शर्मा, छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थी अमितकुमार शर्मा, नेक सिपिएसका कार्यवाहक निर्देशक रोवर्ट डंगोल लगायतले बोलेका थिए ।

कलेजले सहायक प्राचार्य केसीको संयोजकत्वमा ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कार्यक्रम संयोजक उपप्राध्यापक राजेश खड्का तथा कलेजकी प्रमुख प्रशासक श्रीमा शर्मा सदस्य रहेको छात्रवृत्ति सिफारिस समिति गठन गरिएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...