गुरु ट्राभल्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, सभामा गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता
वि.सं.२०८१ माघ १ मंगलवार
काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौँमा एक समारोहबिच अध्यक्ष विज्ञानराज शर्माको अध्यक्षतामा, संस्थापक शेयरधनीहरू, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू र विशिष्ट अतिथिहरूको उपस्थितिमा कम्पनीको साधरण सभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन अध्यक्ष विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा शेयरधनी, अमेरिकाका लागि महावाणिज्यदूत प्रेमराजा महत र युकेका लागि पूर्व काउन्सिलर तथा महावाणिज्यदूत, अनुभवी र प्रसिद्ध उद्यमी, नेपालको जलविद्युत् र पर्यटन उद्योगका लगानीकर्ता पशुपति भण्डारीले संयुक्त रूपमा पानसमा बत्ति बालेर गरेका थिए ।
स्थापनाकालदेखि सन्तोषजनक प्रगति गर्दै आएको र भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सञ्चालन गरेका सो कार्यक्रममा अध्यक्षको स्वागत मन्तव्यपछि संस्थाका सञ्चालक प्रमुख कार्यकारी अधिकृत नबराज धरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रकाशित समय : १४:३९ बजे





















