back

कम्पनी बिश्लेषण गरेर लगानी गर्न नेप्सेको आग्रह, लगानीकर्ता भन्छन् ‘बजार घट्दा नेप्से हराउँछ, बढ्दा तर्साउँछ’

nactional life

काठमाडौं । सेयर बजारले पछिल्ला दिनहरुमा हरेक दिन नयाँ रेकर्ड राख्दै गएपछि नेप्सेले सर्तकता अपनाउन आग्रह गरेको छ । नेप्सेले एक विज्ञप्ती जारी गर्दै कम्पनी राम्रो सँग बुझेरमात्रै लगानी गर्न भनेको हो । मंगलबार सेयर बजार हालसम्म कै उच्च कारोबार र उच्च बिन्दुमा पुगेको थियो । नेप्सेका अनुसार मंगरबार नेपालको नेप्से परिसुचक र कारोबार रकमले हाल सम्मका सबै रेकर्डहरु ब्रैक गर्दै नयाँ रेकर्ड कायम गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, “मंगलबार १ लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोेड ९३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड ३१ लख ३१ ह्जार ६१५ कित्ताको सेयर कारोबार भएको छ, नेप्से परिसुचक २७९३।८९ को बिन्दुमा पुगेको छ, कारोबार रकम, कारोबार संख्या र बजार परिसुचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम भएको छ ।”

बजार २०७६ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको नेप्सेले जनाएको छ । नेप्सेमा हाल ६ लाख भन्दा बढि लगानीकर्ताहरुले टिएमस को युजरनेम र पासवर्ड लिएको नेप्सेले बताएको छ ।

नेप्सले लगानीकर्तालाई सेयर मूलयमा प्रभाव पार्नसक्ने भएकाले सजग भएर लगानी गर्न भनिएको छ । “दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताहरुले सेयर मूल्यमा प्रभाव पार्न सक्ने धेरै भन्दा धेरै सूचनाहरु संकलन तथा बिश्लेषण गर्नुपर्छ, खासगरी आफुले लगानी गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको संभावना, नाफा नोक्सानीको स्थिति लगयतका आधारभुत पक्षको विष्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम कम्पनीको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सान कम गर्न मद्दत गर्ने ब्यहोरो नेप्से स्मरण गराउँछ ।”
तर, यता लगानीकर्ताले भने नेप्सेले बजारमा अलिकति मात्रै पनि सुधार आयो भने विज्ञप्ति जारी गरेर तर्साउने गरेको आरोप लगाएका छन् । बजार लगातार दुईतीन हप्ता घटीरहँदा पनि नेप्सेले कुनै सुचना वा ध्यानाकर्षणको लागि विज्ञप्ति जारी नगर्ने तर दुई तीन दिन बजारमा लगातार सुधार देखियो भने विज्ञप्ति जारी गरेर लगानीकर्ता तर्साउने गरेको आरोप लगाएका हुन् ।

सेयर बजारका सफल लगानीकर्ताको रुपमा चिनिने कमल पन्थीले नेप्सेले प्रायः बजारमा लगातार सुधार आयो भने विज्ञप्ति जारी गर्ने तर घट्दा भने वास्ता नगर्ने गरेको बताएका हुन् । लगानीकर्ता पन्थीले भने कुनै पनि लगानीकर्ताले हचुवाको भरमा लगानी गर्दैन यो नेप्सेले भनिरहनु पर्ने विषय हैन, समयसापेक्ष लगानीकर्तालाई सचेत बनाउने नेप्सेको हो, हरेक पटक बजार बढ्दा मात्रै लगानीकर्तालाई तर्साउने गरी ध्यानाकर्षण गरिरहनु पर्दैन ।’ लगानीकर्तालाई ध्यानाकर्षण जुन कुनै पनि बेला गर्न सकिने बताउँदै उनले हरेक पटक बजार बढ्दा मात्रै विज्ञप्ति जारी गरेर ध्यानाकर्षणको नाममा लगानीकर्ता तर्साएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...